दफा ८
प्रसारण संस्थाको इजाजतपत्र रद्द गर्न सकिने
(१) कुनै प्रसारण संस्थाले यो ऐन वा यस ऐन अन्तरगत बनेको नियमको विपरीत कुनै कार्यक्रम प्रसारण गरेमा नेपाल सरकारले त्यस्तो प्रसारण संस्थाले प्राप्त गरेको इजाजतपत्र रद्द गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम इजाजतपत्र रद्द गर्नु अघि नेपाल सरकारले त्यस्तो प्रसारण संस्थालाई आफ्नो सफाई पेश गर्न मनासिब मौका दिनु पर्नेछ ।